
काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने भएको छ ।
न्यायाधीशहरु डा मनोजकुमार शर्मा र सुनिल पोखरेलको इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्लेन हुँदा सुनुवाइ हुन नसकेको हो ।
बन्दीप्रत्यक्षीकरणको यो रिट आइतबारसम्म गरेर पाँच पटक हेर्न नमिल्नेमा परिसकेको छ ।
न्यायाधीश सुनिल पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि उक्त रिट हेर्न नमिल्नेमा गएको थियो ।
यसअघि उक्त प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको थियो भने रिटमा अन्तिम सुनुवाइका लागि संयुक्त इजलासमा प्रक्रिया अगाडि बढेको थियो ।
लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । रिटमा लामिछानेलाई गैरन्यायिक रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहा गरिनुपर्ने माग गरिएको छ।
सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशअनुसार रवि लामिछाने हाल पूर्वपक्षका लागि थुनामा छन् ।







प्रतिक्रिया