एलन मस्कसँग डिभोर्स गरेकी पूर्वपत्नी किन अर्बपति बन्न सकिनन् ?

अर्बपति मस्कको सम्पत्ति पाइनन्, जस्टिनको सम्पत्ति कति छ ?

2.2k
Shares

एजेन्सी । विश्वकै सर्वाधिक सम्पत्ति भएका अमेरिकी अर्बपति तथा उद्यमी एलन मस्कले क्यानेडियन महिला जस्टिन विल्सनसँग बिहे गरेका थिए । जस्टिनलाई एलन मस्कले क्यानडाको ओन्टारियोस्थित क्विन्स युनिभर्सिटीमा पहिलो पटक भेटेका थिए ।

जतिबेला जस्टिन सिलिकन भ्याली गइन्, एलन मस्क र जस्टिन सँगै बस्न थाले । एलन मस्कको पहिलो स्टार्टअप जिप–२ को स्थापनाको समयमा उनीहरु सँगै थिए । र त्यस क्रममा जस्टिनले एलनलाई निकै सहयोग गरेकी पनि थिइन् ।

यो सन् १९९० को दशकको कुरा थियो । १९९९ मा भने एलन मस्कले आफ्नो पहिलो स्टार्टअप जिप–टु ३०० मिलियन अमेरिकी डलरमा बिक्री गरेका थिए ।

२००० मा भने उनीहरुले औपचारिक रुपमा बिहे गरे र उनीहरुको साथबाट ६ जना सन्तान पनि छन् । पहिलो सन्तानको भने मृत्यु भइसकेको छ ।

ज्स्टिन क्यानेडियन लेखिका हुन् । उनले २००५ देखि २००८ सम्म ३ वटा उपन्यास लेखिसकेकी थिइन् ।

जस्टिनसँग एलन मस्कको वैवाहिक सम्बन्ध दीर्घकालीन रुपमा टिक्न सकेन । अन्ततः २००८ मा उनीहरुको वैवाहिक सम्बन्ध अन्त्य भयो । जवकि एलन मस्कले त्यसैबेला स्पेस एक्स सार्वजनिक गर्नुका साथै टेस्लामा लगानी गरे ।

डिभोर्सको प्रक्रियाको क्रममा जस्टिनले घर, सन्तानको आर्थिक दायित्व, ६० लाख अमेरिकी डलर, ग्लेसियर–ब्लु टेस्ला रोडस्टर र टेस्लामा एलन मस्कको १० प्रतिशत सेयर साथै स्पेस एक्सको ५ प्रतिशत सेयर मागेकी थिइन् ।

र यदि उनले दाबी गरेको उक्त प्याकेज पाएको भए आज जस्टिनको साथमा १७.३ अर्ब अमेरिकी डलरको सम्पत्ति हुने थियो । र उनी आज विश्वकै सर्वाधिक धनीहरुको सूचीमा परिसकेकी हुने थिइन् ।

तर जस्टिन आफूले पाउनुपर्ने भन्दा अति न्युन सम्पत्ति लिएर डिभोर्स गर्न बाध्य भइन् । एलन मस्कले भने आफूले उनलाई करसहित ८० मिलियन अर्थात् ८ करोड अमेरिकी डलर सम्पत्ति लिनका लागि प्रस्ताव गरेको बताएका थिए । तर जस्टिनले यसलाई अस्विकार गर्दै आफूले टस्ला र स्पेस एक्सको सेयर दाबी गरेको बताउँछिन् । त्यसो त, त्यतिबेला टेस्ला र स्पेस एक्स दुबै कम्पनी नयाँ कम्पनीको रुपमा चलिरहेका थिए ।

यसैगरी, विवाहोत्तर २००० मा गरिएको सम्झौताले जस्टिनको प्रयासलाई विफल बनाइदियो । जस्टिनले यसबारे लेखेकी पनि छन्, ‘मैले मेरो श्रीमानलाई विश्वास गरेँ । नत्र किन विहे गर्थेँ र ? र म स्वयंलाई यसले केही फरक पार्दैन भन्ने लाग्यो । किनकि हामी आत्मीय जोडी थियौँ र हामी कहिल्यै डिभोर्स गर्नेवाला पनि थिएनौँ ।’

यस्तै, जस्टिनले आफूले एक वैवाहिक व्यक्तिका रुपमा आफूले पाउने घरबाहेक सबै सम्पत्ति छाडिदिएको उल्लेख गरेकी छन् । जवकि जस्टिनबाट सन्तान भइसकेपछि उनले पाउने अरु धेरै सम्पत्तिहरु थियो ।

जस्टिनले पछि २००८ मा एलनलाई अदालतसम्म पुर्याइन् । त्यसबेला एलनले मर्जरको प्रक्रियामा रहेका वा पेन्डिङमै रहेका कतिपय सम्पत्तिहरुबारे सार्वजनिक नगरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । तर अदालतले एलनकै पक्षमा फैसला सुनाइदियो ।

एलनका अनुसार जस्टिनले करपछि २० मिलियन डलर प्राप्त गरेकी थिइन् । जसमा आधा घर लगायत सम्पत्तिको रुपमा र आधा मासिक किस्ताबन्दीको रुपमा प्राप्त गरिसकेको एलन मस्कको भनाइ छ । यसवाहेक उनले २० हजार डलर मासिक रुपमा कपडा, जुत्ता र अन्य खर्चको रुपमा लिएको पनि एलन मस्कको दाबी छ । यसमा सन्तानका र घरायसी खर्च पनि रहेको उनले बताएका छन् ।

तर पछि २०११ म जस्टिनले आफूले पाएको सम्पत्ति ६.५ मिलियन डलर सम्पत्ति बिक्री गरेर नयाँ घर ४.३ मिलियन डलरमा गरिन् । यसरी उनको सम्पत्ति ८ मिलियन अर्थात् ८० लाख डलर मात्रै छ । डिभोर्सपछि संकलन गरेको र आफूले पनि कमाएको गर्दा उनीसँग १५ मिलियन डलर सम्पत्ति छ । जवकि एलन मस्कको ३६४ अर्ब डलर सम्पत्ति छ । यसलाई हेर्दा जस्टिनको सम्पत्ति एलन मस्कसँग भएको सम्पत्तिको २४ हजारमध्ये १ भाग मात्रै हो ।

उनीहरुकी छोरी भिभियान जेन्नाा विल्सनले यसबारे खुलेर बोलेकी छन् । एक अन्तर्राष्ट्रिय म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो आमाले आफूलाई पूर्ण रुपमा सहयोग गरेको र बाबु त्यति सहयोगी नभएको प्रतिक्रिया दिएकी छन् ।

भिभियान समलिंगी पनि भएकोले आफ्नो यौनिकताको पहिचानको अधिकारबारे पनि आमाले धेरै सहयोग गरेको उनको भनाइ छ ।

यसैगरी एलनकी छोरी भिभियानले २०२० पछि आफू एलनको आर्थिक सहायतामा निर्भर रहनु नपरेको पनि बताएकी छन् ।

फोब्र्सको रिपोर्टमा उनले ठट्टा गर्दै भनेकी छन्, ‘मलाई साँच्चिकै थाहा छैन कि, मेरा सबै दाजुभाइ दिदिबहिनी छन् भनेर । यदि तपाईँले मेरा सौतेनी आमाबाट भएका सबै दाजुभाइलाई समेट्नुभयो भने यो निकै रमाइलो हुन्छ ।’

विश्वकै सर्वाधिक धनी एलन मस्कबाट अलग भएकी महिला चाहिँ किन तुलनात्मक रुपमा अति न्युन सम्पत्तिमा चित्त बुझाइन् भनेर बेलाबेला प्रश्न पनि सोध्ने गरिन्छ । यसबारे कतिपयले जस्टिनमाथि न्याय नभएको र उनीहरु सँगै रहँदा संचालन गरेका कम्पनीहरुको हिस्सेदारी जस्टिनाई पनि दिनुपर्ने तर्क गर्दैआएका छन् ।

जस्टिन भने अति सामान्य जीवनशैलीमा बस्दैआएकी छन् । पछिल्ला वर्षहरुमा उनी निकै लो प्रोफाइलमा बस्दैआएकी छन् ।

जस्टिनले २०२४ को जनवरीमा ट्विट गरेकी थिइन्, ‘महिलालाहरुलाई यौन दुव्र्यवहार गरेको स्वीकार गरेको इतिहास भए पनि र अदालतबाट यौन दुव्र्यवहार र मानहानीको दोषी ठहर गरिएको व्यक्ति भए पनि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नु बलात्कार संस्कृतिको परिभाषा जस्तो देखिन्छ ।’

यससँगै फेरि अर्को दिन पनि उनले ट्रम्पमाथि र एलन मस्कमाथि कटाक्ष गर्दै ट्विट गरेकी थिइन् । जस्टिनले यसो भनिरहँदा ट्रम्पका घनिष्ठ मित्रको रुपमा चिनिएका थिए एलन मस्क ।