कारले ठक्कर दिँदा बानेश्वरमा ३ वर्षीय बालकको मृत्यु

420
Shares

काठमाडौं । नयाँ बानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृत्यु हुने बालकको नाम शिवांश झा हो। उनलाई बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले कात्यानी चोकमा ठक्कर दिएको थियो।

कात्यानीबाट भीमसेनगोलातर्फ जाँदै गरेको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका झालाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

भारत घर भएका बालक झा परिवारसहित काठमाडौंमा बस्दै आएका थिए। घटनापछि कार चालक रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

Skip This