चितवनमा बाबुले छोरी र भतिजाको खुर्पाले हानेर हत्या, आत्महत्या प्रयासपछि गम्भीर अवस्थामा उपचार हुँदै

1.5k
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा एक दर्दनाक घटना घटेको छ । स्थानीय ४२ वर्षीय लिलाराज गिरीले आफ्नी छोरी र भतिजाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।

लिलाराजले दाजु दया गिरीका पाँच वर्षीय छोरा साजन गिरी र आफ्नी सात वर्षीया छोरी प्रभा गिरीलाई आज बिहान करिब १० बजे धारिलो हतियार (खुर्पा) प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको भए पनि उपचारकै क्रममा दुबैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका थिए । उनी गम्भीर अवस्थामा उपचाररत छन्।

घटनाको कारण हालसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Skip This