बालेनले किन गरे कार्यपालिका समितिका संयोजकको हेरफेर ?

504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका अन्तर्गतका चार समितिमा संयोजकको जिम्मेवारी हेरफेर गरेका छन् । सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन र विधायन समितिमा नयाँ संयोजक नियुक्त गरिएको बालेनको सचिवालयले जनाएको छ ।

वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजक पदबाट हटाई वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई नियुक्त गरिएको छ ।

त्यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई सुशासन समितिबाट हटाएर सो जिम्मेवारी वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई दिइएको छ ।

सम्पदा तथा पर्यटन समितिको संयोजक जिम्मेवारी वडा नम्बर ८ का अध्यक्ष आशामान संगतबाट हटाई वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीलाई दिइएको छ ।

यस्तै, वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई हटाएर विधायन समितिको संयोजकमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई नियुक्त गरिएको छ।

यी सबै हेरफेर काठमाडौं महानगरपालिकाको कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको जनाइएको छ।

Skip This