रवीन्द्र मिश्रलाई फेरि थुनामै पठाइयो

504
Shares

काठमाडौं । चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनमा हिंसात्मक गतिविधिको नेतृत्व गरेको आरोपमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराएपछि पुनः थुनामा फर्काइएको छ ।

उनको थुनाविरुद्ध श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतले ‘कारण देखाऊ’ र सशरीर उपस्थित गराउन आदेश जारी गरेपछि मिश्रलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको थियो । तर बयान नभइ थुनामै फर्काइएको हो । बयान शुक्रबार हुनेछ ।

उक्त आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु, उद्योग र निजी सम्पत्तिमा तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलन संयोजक दुर्गा प्रसाईं भारत भागेका थिए तर पछि पक्राउ परे ।