हत्कडी लगाएर सरकारी वकिलमा पुर्‍याइएका मिश्रलाई सर्वोच्च पुर्‍याउँदा खोलियो

861
Shares

हत्कडी लगाई सरकारी वकिलको कार्यालयसम्म ल्याइएका मिश्रलाई सर्वोच्च पुर्‍याउँदा हत्कडी खोलियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । सर्वोच्च अदालतको आदेशअनुसार उनलाई शारीरिक रूपमा उपस्थित गराइएको हो ।

काठमाडौं प्रहरी परिसरबाट मिश्रलाई हत्कडी लगाई सरकारी वकिलको कार्यालयसम्म ल्याइएको थियो । त्यहाँबाट सर्वोच्च अदालत लैजाँदा भने हत्कडी खोलिएको थियो ।

उनी सरकारी वकिलको कार्यालयको पछाडिको गेटबाट निकालिएर भित्री बाटो हुँदै सर्वोच्च अदालत पुर्‍याइएका थिए। सर्वोच्चको मुख्य गेटमा प्रवेश गराउनु अघि नै उनको हत्कडी फुकाइएको थियो।