
भैरहवा । नेपालका लागि हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी को सार्वजनिक प्रदर्शनसहित विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
कार्यक्रम बुटवलको सिद्ध विनायक मोटोकर्प प्रा.लि. र भैरहवाको जगत मोटर्स प्रा.लि.को संयुक्त आयोजनामा भव्य रूपमा सम्पन्न भयो। सो अवसरमा ३० भन्दा बढी क्रेटा ईभी को बुकिङ सुनिश्चित गरिएको छ भने १० युनिट ग्राहकहरूलाई सोही स्थानबाट हस्तान्तरण गरिएको थियो ।
कम्पनीका अनुसार, क्रेटा ईभी र पेट्रोल मोडेल दुवै एउटै प्लेटफर्ममा आधारित रहेकाले सेवा र पार्ट्सको पहुँचमा कुनै समस्या नहुनेछ। यसले विद्युतीय सवारीबारे उपभोक्तामा देखिने अन्योल हटाउन सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ।
उक्त अवसरमा कम्पनीले आफ्नो ईभी इकोसिस्टम बलियो बनाउन रिल्याक्स चार्जिङ नेटवर्कको विस्तार गरिरहेको जनाएको छ। हालसम्म देशभर ६६ वटा डीसी र एसी चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् ।
उक्त कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडेलहरूको समेत प्रदर्शनी गरिएको थियो भने कम्पनीका प्रतिनिधिहरूले ग्राहकहरूसँग प्रत्यक्ष संवाद गर्दै सेवा, ब्रान्ड सपोर्ट तथा सवारीसम्बन्धी जानकारी प्रदान गरेका थिए ।
कम्पनीले सफा, हरित र स्मार्ट भविष्यतर्फको यात्रालाई निरन्तरता दिँदै देशभर आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।








प्रतिक्रिया