५३ लाखको मोवाइल र ल्यापटप लिएर स्थानीय तहका कर्मचारी फरार

651
Shares

काठमाडौं । स्थानीय तहमा कार्यरत प्रमुखदेखि सदस्य र कर्मचारीले ५३ लाख रुपैयाँबराबरको मोवाइल र ल्यापटप सम्बन्धित पालिकालाई फिर्ता नगरेको पाइएको छ ।

महालेखा परीक्षक कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं प्रतिवेदनअनुसार १७ स्थानीय तहका प्रमुखसहित पदाधिकारी, सदस्य कार्यरत कर्मचारीले कार्यलयमा कार्यरत नरहेको अवस्थामा फिर्ता गर्नुपर्ने ५२ लाख ७० हजार रुपैयाँको मोवाइल, ल्यापटप र जिन्सी सामान पालिमा फिर्ता गरेका छैनन् ।

प्रतिवेदनले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐनमा पदाधिकारीको लागि स्वकीय सचिब र सल्लाहकार राखेर पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छैन ।

तर १५२ वटा स्थानीय तहले स्वकीय सचिब र सल्लाहकार नियुक्त गरी ८ करोड १२ लाख ३८ हजार रुपैयाँ पारिश्रमिकवापत भुक्तानी दिइएको पाइएको छ ।