ट्राफिकका इन्स्पेक्टरले प्रहरी जवानको गाला चड्काएपछि…

2.7k
Shares

काठमाडौं । ट्राफिक प्रहरी इन्स्पेक्टरद्वारा जनपद प्रहरीका सहायक हवल्दारमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएको छ ।

काठमाडौंको नागढुंगामा ट्राफिक इन्स्पेक्टरले जनपद प्रहरीमा कार्यरत एक सहायक हवल्दारलाई गालामा चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनले घटनाको आन्तरिक छानबिन प्रक्रिया सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

भिडियोमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाइएको कार्यालयले जनाएको छ । उनीसँगको सोधपुछपछि मात्र घटनाको वास्तविकता खुल्ने र गल्ती भए कारबाही हुने प्रहरीको भनाइ छ ।

घटना कहिलेको हो भन्नेबारे जानकारी नभएको र यसबारे जाँच भइरहेको प्रहरीको भनाइ छ ।