सुरु नहुँदै बाहिरी चक्रपथमा साढे १५ करोड खर्च

392
Shares

काठमाडौं । काठमाडौं बाहिरी चक्रपथ आयोजना सुरु नहुँदै साढे १५ करोड रुपैयाँ खर्च गरेको छ ।

व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका तीन जिल्लामा योजनावद्ध नयाँ व्यवस्थित शहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने उद्देश्यले सरकारले २०५८ सालमा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो ।

यसका लागि २०६०÷६१ मा प्रति आना ५ लाख रुपैयाँको दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणको लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

यसको हकमा बाहिरी चक्रपथ आयोजनाले आफ्नो काम सुरु नगर्दै हालसम्म १५ अर्ब ४३ लाख ४६ हजार रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदनमा उल्लेख छ ।