कुलेखानी-कलंकी-हुमाने सडक कालोपत्रे गर्न १९ दिन बन्द हुने

0
Shares

काठमाडौं । कुलेखानी-कलंकी-हुमाने सडक खण्ड उन्नाइस दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै उक्त सडक खण्डमा कालोपत्रे गर्ने भएकाले उन्नाइस दिनसम्म अवागमन पूर्ण रुपमा बन्द रहने जनाएको छ ।

यो सडक खण्ड जेठ २ गतेदेखि २० गतेसम्म पूर्ण रुपमा बन्द हुने जनाइएको छ । बन्द अवधीभर अन्य वैकल्पिक मार्ग(कान्ति लोकपथ वा कुलेखानी सिस्नेरी फर्पिंग सडक) प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।