
काठमाडौं । नेपाल कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर कांग्रेसले नै भनेको र विवादरहित व्यक्ति गभर्नर बन्ने बताएका छन् । क्लिकमान्डुसँगको विशेष कुराकानीमा उनले डा. गुणा भट्टलाई गभर्नर बनाउन नसकेको खण्डमा नेपाली कांग्रेसको विकल्पका रुपमा अमेरिका बक्र्लेबाट पढेका, स्वीजरल्यान्डबाट पीएचडी गरेर विदेशी निकायमा एड्भाइजर रहेका, अरु धेरै राम्राराम्रा मान्छे रहेको र विवादरहित व्यक्तिलाई गभर्नर बनाउने बताए ।
‘कांग्रेसले खोज्यो भने सयौं मान्छे पाउँछ, तर कांग्रेसले विवादरहित मान्छेलाई गभर्नर बनाउँछ,’ उनले भनेका छन्, ‘कांग्रेसका सम्भावित उम्मेदवारको नाम जताजतै आएको छ, सबै विवादरहित नाम हुन् । डा. गुणाकर भट्टपछि डा. विश्व पौडेल आदिको नाम आयो, उहाँहरु विवादरहित हुनुहुन्छ ।’
कोषाध्यक्ष श्रेष्ठले गभर्नर कसलाई बनाउने भन्ने निर्णय गर्ने अख्तियारी पार्टीका सभापति शेरबहादुर देउवालाई दिएको स्पष्ट पारे । ‘हाइ कमिटीले जे निर्णय गर्छ, उहाँहरुलाई पूर्ण अथोरिटी दिएका छौं । यो नाम त्यो नाममा अडान छैन, गभर्नर कांग्रेसकै हुन्छ ।’
गभर्नर चाँडै नियुक्त हुनुपर्ने भन्दै उनले अहिले जे भइरहेको छ, नहुनु पर्ने पनि दाबी गरे । ‘नेपाली कांग्रेसले योग्य र सक्षम व्यक्ति पठाएको हो । कहाँ घुम्छ घुम्छ ? कसको स्वार्थमा के हुन लागेको हो ? भन्ने थाहा छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले चाह्यो वा सरकारले चाह्यो भने एक हप्ताको कुरा हो । निर्णय गर्न समय नै लाग्दैन ।’
एक पल्ट नियुक्त गरेपछि ५ वर्षका लागि हुने भन्दै जो नियुक्त भएपनि असाध्यै राम्रो, दुरदर्शी र निष्ठावान व्यक्ति हुनुपर्ने उनको भनाइ छ ।
क्लिकमान्डुसँगको कुराकानीमा उनले भने, ‘कहाँकहाँबाट अड्चन आयो भन्ने तपाईंहरुले बुझ्नु भएकै छ । हाम्रो गुणाकर जी अमेरिकामा पढेको, गोल्ड मेडालिस्ट र राष्ट्र बैंक राम्रोसँग बुझेको सक्षम मान्छे हो । तर, हलो अड्काइदिए । राजनीतिमा स्वीकृत नगरेर रोकिदिए । यसो पनि गर्ने हो ?’
संसारभर जसले राम्रो काम गर्छ, उसले करियरमा जम्प गरेर माथि जान्छ भन्दै उनले तलबाट सिनियर हुँदैहुँदै माथि जानुपर्छ भन्ने बुझाइ गलत रहेको बताए । ‘अमेरिकाको विश्वविद्यालय वा जहाँ पनि, जसले धेरै काम गर्छ, जसले धेरै ग्रान्ट ल्याउन सक्छ, जसले धेरै विद्यार्थीलाई सिकाउन सक्छ । त्यो मान्छे १० वर्षमै प्रोफेसर बन्छ,’ उनले थपे ।
०००
यसो भन्छन् कोषाध्यक्ष श्रेष्ठः
‘नेपाल राष्ट्र बैंकलाई स्वायत्त छाड्नुपर्छ । केन्द्रीय बैंक नेपालको समस्त अर्थतन्त्रको मुलद्वार हो । राष्ट्र बैंकमा भनसुन गरेको व्यक्ति गभर्नर हुनु हुँदैन । व्यावसायिक र अर्थतन्त्र बुझेको व्यक्ति बन्नुपर्छ । मौद्रिक प्रणाली र अन्तर्राष्ट्रिय परिवेश बुझेको मान्छे जानुपर्छ । समस्त वित्तीय प्रणालीमा काम गरेको व्यक्ति हुनुपर्छ । राष्ट्र बैंक स्वायत्त निकाय हो, सरकारले नियन्त्रण गर्नु खोज्यो भने आफ्नो हिसाबले खबरदारी गरेर निर्णय लिनसक्ने व्यक्ति गभर्नर बन्नुपर्छ ।
अमेरिकामा राष्ट्रपति चयन भएपछि ५०० सय जना मान्छे परिवर्तन गर्छ । राज्यसत्तामा पुगेपछि आफूले चाहेअनुसार काम गराउन खोज्छ । हाम्रो देशमा प्रधानमन्त्रीले ५ वर्षको स्थायि सरकारमा आफूले चाहेको मान्छे राख्न सक्नुपर्छ । अनि मात्र उसले काम गर्न सक्छ । गभर्नरमा पनि राजनीतिक बुझाइले यस्तो माग गर्छ ।
एक महिनादेखि गभर्नर पद खाली छ । हाम्रो संविधान नै यस्तै भयो । सत्ता स्थायी हुँदैन ।
गभर्नर चाँडै नियुक्त हुनुपर्छ । अहिले जे भइरहेको छ, नहुनु पर्ने हो । नेपाली कांग्रेसले योग्य र सक्षम व्यक्ति पठाएको हो ।
कहाँ घुम्छ घुम्छ ? कसको स्वार्थमा के हुन लागेको हो भन्ने थाहा छैन । प्रधानमन्त्रीले चाह्यो वा सरकारले चाह्यो भने एक हप्ताको कुरा हो । निर्णय गर्न समय नै लाग्दैन ।
एकपल्ट नियुक्त गरेपछि ५ वर्षका लागि हो । जो नियुक्त भएपनि असाध्यै राम्रो, दुरदर्शी र निष्ठावान व्यक्ति हुनुपर्छ ।
तपाईंहरुले कहाँकहाँबाट अड्चन आयो भन्ने बुझ्नु भएकै छ । हाम्रो गुणाकर जी अमेरिकामा पढेको, गोल्ड मेडालिस्ट र राष्ट्र बैंक राम्रोसँग बुझेको सक्षम मान्छे हो । तर, हलो अड्काइदिए । राजनीतिमा स्वीकृत नगरेर रोकिदिए । यसो पनि गर्ने हो ?
संसारभर जसले राम्रो काम गर्छ, उसले करियरमा जम्प गरेर माथि जान्छ । हाम्रो प्रणालीको झैं तलबाट सिनियर हुँदैहुँदै माथि जानुपर्छ भन्ने बुझाइ गलत छ । अमेरिकाको विश्वविद्यालय वा जहाँ पनि, जसले धेरै काम गर्छ, जसले धेरै ग्रान्ट ल्याउन सक्छ, जसले धेरै विद्यार्थीलाई सिकाउन सक्छ । त्यो मान्छे १० वर्षमै प्रोफेसर बन्छ ।
नेपालमा यस्तो ट्रेन्ड भएन, दुःखको कुरो हो । पछिल्लो समय राम्रो मान्छे आउनुपर्छ, इन्टरनेसनल एक्स्पोजर भएको मान्छे हुनुपर्छ ।
गुणाकर जीलाई बनाउन नसकेको खण्डमा नेपाली कांग्रेसको विकल्पका रुपमा अमेरिका बर्क्लेबाट पढेका, स्वीजरल्यान्डबाट पीएचडी गरेर विदेशी निकायमा एड्भाइजर रहेका, अरु धेरै राम्राराम्रा मान्छे हुनुहुन्छ । कांग्रेसले खोज्यो भने सयौं मान्छे पाउँछ, तर कांग्रेसले विवादरहित मान्छेलाई गभर्नर बनाउँछ ।
त्यो मान्छेको नाम जताजतै आएको छ कांग्रेसले अघि सारेका मान्छेहरु विवादरहित छन् । डा. गुणाकर भट्टपछि विश्व पौडेल आदिको नाम आयो, उहाँहरु विवादरहित नाम हो ।
गभर्नर कसलाई बनाउने भन्ने पार्टीका सभापति ज्युलाई दिएका छौं । हाइ कमिटीले जे निर्णय गर्छ, उहाँहरुलाई पूर्ण अथोरिटी दिएका छौं । यो नाम त्यो नाममा अडान छैन, गभर्नर कांग्रेसकै हुन्छ ।’
०००
गभर्नर नियुक्ति शिलशिलामा हालसम्म के के भयो ?
कांग्रेसले गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अगाडि सारेको थियो । गत वैशाख ३ मै भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको समाचार बाहिरियो ।
लगत्तै वैशाख ५ मा भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए ।
तर, कायम मुकायम गभर्नर डा. नीलम ढुंगानाले भट्टको राजीनमा स्वीकृत नगर्दा गभर्नर नियुक्ति पेचिलो बनेको छ ।
कायम मुकायम गभर्नरले कुनै राजनीतिक आड नभई राजीनामा रोकर राख्न नसक्ने भन्दै भट्टलाई गभर्नर बन्नबाट रोक्न सरकारको नेतृत्व गरेको एमालेले नै भट्टको राजीनामा स्वीकृत नगर्न उनलाई ढाडस दिएको जानकारहरु बताउँछन् ।
यसैबीच कांग्रेसले डा. भट्टलाई गभर्नर बन्न मार्गप्रशस्त नभए डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्न प्रस्ताव गरेको छ । कांग्रेसले गभर्नरको रुपमा रुपमा पौडेलको नाम अगाडि बढाएपछि उनले गभर्नर सिफारिस समितिबाट आइतबार राजिनामा दिएका छन् ।
उच्च राजनीतिक नेतृत्वबीच नै गभर्नर नियुक्त गर्न सहमति भएको भन्दै कांग्रेस सभापनि देउवाले नै अगाडि बढ्न भनेपछि उनले डा. गुणाकर भट्टले राजीनामा दिएका थिए । कायम मूकायम गभर्नरले राजीनामा स्वीकृत नगरेको भन्दै सरकारले १ महिनादेखि नै गभर्नर नियुक्तीमा आनाकानी गर्दै आएपछि कांग्रेसले विकल्पमा विश्व पौडेलसँगै अर्थशास्त्रीद्वय डा. अंगराज तिम्सिना र डा. समिर खतिवडाको नाम पनि अघि सारेको छ ।
सरकारले ११ चैतमा गभर्नर नियुक्तीको लागि सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलेको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो ।
ऐनको व्यवस्था अनुसार सिफारिस समितिको सदस्यमा पूर्वगभर्नर मध्येबाट डा. विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेललाई सदस्य बनाइएको थियो ।
तर सिफारिस समितिका सदस्य डा. विजयनाथ भट्टराइले ९ वैशाखमा समिति गठन भएको १ महिनासम्म पनि बैठक नबोलाएको र राजनीतिक सहमतिको नाममा सिफारिस समितिलाई रबर स्ट्याम्प बनाउन खोजिएको भन्दै सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाली कांग्रेसबाट चितवनको क्षेत्र नम्बर ३ मा प्रतिनीधिसभा सदस्यका उमेदवार रहेका पौडेलालाई गभर्नरको रुपमा कांग्रेस सभापति देउवाले अगाडि सारेसँगै उनको पनि राजिनामा आएको छ ।
सिफारिस समितिका अर्का सदस्य महाप्रसाद अधिकारी सिफारिस समितिमा अयोग्य रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । महाप्रसाद अधिकारी गभर्नर बहाल रहँदै नयाँ गभर्नर नियुक्त भइसक्नु पर्नेमा ऐन उलंघन गरेर नियुक्त नगरी सिफारिस समितिको सदस्यमा उनलाई नै राखेपछि उनि ऐनको मर्यादा अनुसार सिफारिस समितिमा बस्न नमिल्ने भन्दै अदालतमा रिट दायर भएको छ ।
यसअघि नै गभर्नरको उमरहद सम्बन्धी एउटा रिट सर्वोच्च अदालतमा विधाराधीन छ । सरकारले २७ फागुनमा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्ती सम्बन्धी मापदण्ड संशोधन गर्दै उमेरहद सम्बन्धी व्यवस्था खारेज गरेको थियो । उक्त मापदण्डमा रहेको पदाधिकारीको हकमा ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको र सदस्यको हकमा ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था खारेज भएको थियो ।
सरकराले उक्त उमरहदको व्यवस्था कुनै अमुख व्यक्तिलाई गभर्नर नियुक्त गर्नकै लागि खारेज गरेको भन्दै त्यसविरुद्ध अधिवक्त द्धय विशाल थापा र प्रतिभा उप्रेतिले ३१ चैतमा रिट दायर गरेका थिए । २ वैशाखमा संशोधित व्यवस्था कार्यनवयन नगर्ने सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै ७ वैशाखमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो । तर पेसी चढ्दै हेर्न नभ्याइनमा पर्दा १७ वैशाखमा मात्रै सुनुवाई भएको उक्त रिटमा सर्वोच्चले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरलता दिएको अवस्था छ । यसले गभर्नरको रुपमा चर्चामा आएको केही पात्रलाई ६५ वर्ष उमेरहदको व्यवस्थाकै कारण गभर्नर नियुक्ति गर्ने नमिल्ने अवस्था छ ।
प्रतिक्रिया