सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

147
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए ।

मतदानमा सत्ता पक्षका सांसदहरूले पक्षमा र विपक्षी दलका सांसदहरूले विपक्षमा मतदान गरे ।

नीति तथा कार्यक्रममाथि बैशाख २२ देखि विस्तृत छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको बैठकमा दिएका थिए ।

सांसदहरूको संशोधनहरू पनि निर्णयार्थ पेस गरिएको थियो। संशोधन प्रस्तावमाथिको प्रक्रिया पूरा भएपछि नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरिएको हो।