
भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणासँगै यस युद्धबाट कसले के हासिल गर्यो भन्ने विषयमा बहस चल्न थालेको छ।
गत अप्रिल २२ मा कश्मीरको पहलगाममा २६ जना पर्यटकलाई आतंकवादीहरूले हत्या गरेपछि भारतले ती आतंकवादीहरूलाई पाकिस्तानले प्रश्रय गरेको भन्दै पाकिस्तानमाथि आक्रमण गर्नका लागि अन्य मुलुकसँग कूटनीतिक पहल थालेको थियो । पाकिस्तानले चाहिँ घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै भारतले अनावश्यक युद्ध चाहेको दाबी गर्दै आएको थियो ।
भारतीय राजनीतिकर्मीहरूले पाकिस्तानलाई पाठ सिकाउनका लागि भारतीय सेनाले ठूलो कारवाही गर्ने भनी बताउँदै आएको अनि जनताले पनि युद्धका लागि चर्को माग गरेको स्थितिमा गत साता भारतीय सेनाले पाकिस्तानको मुख्यभूमि तथा पाकिस्तान अधीनस्थ कश्मीरका नौ स्थानमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । त्यसको प्रतिरोधमा पाकिस्तानले पनि भारतका कतिपय स्थानमा जवाफी आक्रमण गरेको थियो । फलस्वरूप, युद्ध चर्किने सम्भावना बढेको थियो ।
तर युद्ध चर्किन नदिनका लागि अमेरिका र अन्य मुलुकहरूले निरन्तर कूटनीतिक पहल गरिरहेका थिए । अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्स र विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तान दुवै मुलुकका उच्च अधिकारीहरूसँग दुई दिनसम्म घनीभूत छलफल गरेका थिए । पाकिस्तानले अमेरिकी मध्यस्थतालाई खुलेर प्रशंसा गरेको छ भने भारतले चाहिँ तेस्रो पक्ष भन्दा पनि भारत र पाकिस्तानबीचकै वार्ताले युद्धविराम सम्भव भएको दाबी गरेको छ ।
त्यसो त युद्धविरामपछि पनि गोली र क्षेप्यास्त्र हानाहान भइरहेको दाबी दुवै देशले गरेका छन् । तर महाशक्ति राष्ट्रको हस्तक्षेपका कारण अब यो युद्ध थप नचर्किने देखिन्छ ।
भारतले पाकिस्तानविरुद्धको कारवाहीलाई अपरेशन सिन्दूर नाम दिएको थियो । कश्मीरमा पर्यटक महिलाको सिन्दूर पुछिने गरी आतंकवादीहरूले पतिको हत्या गरेको बदलामा अपरेशन सिन्दूर चलाइएको भारतको भनाइ छ । तर अपरेशन सिन्दूरले आफ्नो लक्ष्य हासिल गर्यो कि गरेन भन्ने प्रश्न ज्वलन्त छ ।
भारतीय कारवाहीमा आतंकवादीहरूको मुख्यालय भनिएका स्थानमा आक्रमण भई आतंककारीहरूका परिवारको हत्या गरिएको बताइएको छ । त्यसबाट आतंककारीहरू भारतविरुद्ध अभियान चलाउनबाट विमुख हुने भारतको अपेक्षा थियो । तर आतंककारीहरूलाई प्रश्रय दिने पाकिस्तानी सेनामाथिको कारवाहीले मात्र आतंककारीहरू विमुख हुने कुरा बुझे पनि भारतले पाकिस्तानी सैन्य अड्डाहरूमा आक्रमण गर्न नचाहेको देखियो । युद्ध नचर्कियोस् भनी भारतले त्यसको गरेको हो तर त्यसले समस्यालाई समाधान गर्न सकेन । यस अवधिमा पाकिस्तानी सेनामाथि सक्दो क्षति पुर्याउन सकेको भए अपरेशन सिन्दूरलाई सफल कारवाही मान्न सकिन्थ्यो ।
यस युद्धमा भारतीय वायुसेनाका हतियार प्रणालीहरू पनि भने जति शक्तिशाली देखिएनन् । फ्रान्सबाट किनेको राफेल लडाकू विमानका बारेमा भारतीय संस्थापन पक्षले निकै हल्लाखल्ला गरेको भए पनि पाकिस्तानी वायुसेनाका क्षेप्यास्त्रले तिनलाई खसाइदिए
यो कुरा किन उल्लेख गरिएको हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम हत्याकाण्डपछि पाकिस्तानले अकल्पनीय परिणाम भोग्नुपर्ने चेतावनी दिएको थिए । तीन दिनसम्म गरिएको ड्रोन र क्षेप्यास्त्र आक्रमणलाई अकल्पनीय भन्न मिल्ला त ? हुन त पाकिस्तानमा रहेको मुरिद्के र बहवलपुरस्थित लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद जस्ता आतंकवादी समूहका मुख्यालयमा आक्रमण गरेर भारतले पहिलेपहिलेको भन्दा बोल्ड कदम चालेको हो । पाकिस्तान प्रायोजित सबै आतंकवादी गतिविधिलाई युद्धको कारण मानिने भनी भारतले दिँदै आएको चेतावनी यसपालि कार्यान्वयन गरेर देखायो तर त्यसभन्दा एक कदम अघि बढ्न सक्ने अवसर गुमायो ।
अर्को कुरा, यस युद्धमा भारतीय वायुसेनाका हतियार प्रणालीहरू पनि भने जति शक्तिशाली देखिएनन् । फ्रान्सबाट किनेको राफेल लडाकू विमानका बारेमा भारतीय संस्थापन पक्षले निकै हल्लाखल्ला गरेको भए पनि पाकिस्तानी वायुसेनाका क्षेप्यास्त्रले तिनलाई खसाइदिए । पाकिस्तानले त दुईवटा राफेल, एउटा सुखोई ३० र दुईवटा मिराज विमान गरी भारतका कुल पाँचवटा विमान आफूहरूले खसाइदिएको दाबी गरेको छ र अमेरिकीहरूले पनि दुईवटा विमान खसेको पुष्टि गरेका छन् ।
यथार्थवादी रक्षा मामिला विश्लेषकहरूको सामग्री अध्ययन गर्दा यस युद्धमा भारतीय कमजोरी उजागर भएको सूचना प्राप्त हुन्छ । उनीहरूका अनुसार, पाकिस्तानले चीनबाट प्राप्त गरेको जे–१०सी लडाकू विमानबाट प्रहार गरेको आकाशबाट आकाशमा मार हान्ने चिनियाँ पीएल–१५ क्षेप्यास्त्र प्रहार गर्दा भारतको राफेल विमानले उक्त क्षेप्यास्त्र ५० किलोमिटर आफूनजिक आइपुग्दा मात्र थाहा पायो । ध्वनिको गतिभन्दा पाँच गुणा छिटो उड्ने (माक ५) क्षेप्यास्त्रलाई छल्नका लागि भारतीय वायुसेना पाइलटलाई जम्मा नौ सेकेन्डको समय उपलब्ध हुन्थ्यो । उसले बच्ने सम्भावना नै हुँदैनथियो ।
यसरी हेर्दा २५ करोड डलर पर्ने राफेल विमान युद्धमा खासै उपयोगी छैन । भारतलाई फ्रान्सेली कम्पनी दसाउ राफेलले ठगेको देखियो । राफेल खसेको खबर आउनेबित्तिकै दसाउको शेयरमूल्य स्वाट्टै घटेको थियो ।
त्यस्तै भारतीय वायुसेनाले आफ्नै भूमिबाट मात्र पाकिस्तानको भूमिमा आक्रमण गर्न सक्यो किनकि पाकिस्तानको एरिआई रेडार सिस्टमले भारतीय विमानको गतिविधि पत्ता लगाइहाल्थ्यो । स्विडेनको साब इलेक्ट्रोनिक डिफेन्स सिस्टम्सले बनाएको यो रेडार प्रणालीले भारतीय लडाकू विमानहरूको गतिविधि छिट्टै पत्ता लगाउन सक्थ्यो र यसलाई छल्ने प्रविधि भारतसँग छैन ।
प्रश्न उठ्छ, यस युद्धमा भारतको भन्दा पाकिस्तानको हतियार बलियो छ भने पाकिस्तान किन युद्धविरामका लागि तयार भयो ? यसको उत्तर भेटिन्छ पाकिस्तानको खैबर पख्तुनख्वा र बलोचिस्तानमा
त्यससँगै पाकिस्तानी वायुसेनाले आफ्नै हवाईक्षेत्रमा रहेर आकाशबाट आकाशमा मार हान्ने पीएल–१५ का साथै आकाशबाट जमीनमा मार हान्ने एलएस–६ जस्ता क्षेप्यास्त्र पनि विकसित गरिसकेको रहेछ । चीनबाट प्राप्त यी हतियारको ‘वेपन इन्टिग्रेशन सिस्टम’ चुस्त देखियो । त्यसैको बलमा उसले भारतको उधमपुर, पठानकोट, आदमपुर लगायतका स्थानमा भारतीय वायुसेनाको अड्डामा प्रहार गरेको हो ।
भारतीय रक्षा विश्लेषकहरूका अनुसार, भारतले राफेल जस्तो महंगो तर बेकामे हतियारमा पैसा खर्च गरिरहँदा पाकिस्तानी वायुसेनाले चीन र स्विडेनमा बनेका हतियारमा लगानी गरेको छ । यस अर्थमा भारतको भन्दा पाकिस्तानी वायुसेनाको खर्च सही ठाउँमा परेको छ । भारतीय वायसेनाले पाकिस्तानका कतिपय हवाईपट्टी र वायु रक्षा प्रणालीमा क्षेप्यास्त्र आक्रमण गरेर क्षति पुर्याएको भन्दा धेरै ठूलो क्षति राफेलका रूपमा बेहोर्नुपरेको छ । यसले गर्दा पनि भारत युद्धविरामका लागि तयार भएको हुन सक्छ ।
प्रश्न उठ्छ, यस युद्धमा भारतको भन्दा पाकिस्तानको हतियार बलियो छ भने पाकिस्तान किन युद्धविरामका लागि तयार भयो ? यसको उत्तर भेटिन्छ पाकिस्तानको खैबर पख्तुनख्वा र बलोचिस्तानमा । त्यहाँ लामो समयदेखि चलिरहेको संघर्षलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिन सकेको छैन । खैबर पख्तुनख्वामा चलाएको अज्म–ए–इश्तेखामले आतंकवादीहरूलाई समात्न सकेको छैन भने सर्वसाधारणमाथि चरम दमन गरिरहेको छ । त्यहाँको कतिपय भूभागमा पाकिस्तानी सेना प्रवेश पनि गर्न नसक्ने स्थिति छ ।
उता बलोचिस्तानमा बलोच लिबरेशन आर्मी (बीएलए) ले सुरक्षाकर्मीहरूमाथि लगातार आक्रमण गरेर हायलकायल पारिरहेका छन् । शनिवार मात्र बलोचिस्तानको कालात जिल्लामा रहेको मांगोचार शहरलाई बीएलएको फतेह स्क्वाडले कब्जामा लिएको छ । त्यसबाहेक बलोचिस्तानका विभिन्न ३९ स्थानमा पनि बीएलएले आक्रमण गरेको छ । बीएलएलाई रोक्न पाकिस्तानी सेना असफल छ ।
यस्तो स्थिति कायम हुँदा पाकिस्तानी सेनाले एकैपटक कश्मीर, बलोचिस्तान र खैबर पख्तुनख्वामा कारवाही चलाउन सक्दैन । तीनवटा युद्धमोर्चामा एकैपटक लड्ने क्षमता उससँग छैन । त्यसैले पनि पाकिस्तान युद्धविरामका लागि तयार भएको हो । भारतसँग लडाइँ लम्ब्याउनुभन्दा आतंकवादीहरूलाई प्रश्रय गरेर भारतविरुद्ध एसिमेट्रिक वारफेयर गरिरहनु बढी फाइदाजनक हुने कुरा पाकिस्तानले बुझेको छ ।







प्रतिक्रिया