पाकिस्तानमा रहेका विद्यार्थीसँग दूतावासले समन्वय गरिरहेको छ: परराष्ट्र मन्त्रालय

0
Shares

काठमाडौं । पाकिस्तानमा हालै विकसित घटनाक्रमलाई ध्यानमा राख्दै त्यहाँ अध्ययरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षाका लागि नेपाल सरकार पूर्ण रूपमा संवेदनशील रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय गरिरहेको जानकारी दिइएको छ ।

विद्यार्थी तथा उनका अभिभावकले थप सहयोग आवश्यक परेमा तुरुन्तै राजदूतावासमा सम्पर्क गर्न सक्ने गरी दुई व्यक्तिको सम्पर्क नम्बर पनि सार्वजनिक गरिएको छ ।