
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी संरक्षक रेशम चौधरीको पक्राउबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले रेशमलाई ‘अपहरण शैलीमा’ पक्राउ गरिएको आरोप लगाउँदै यसबारे सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकता प्रक्रिया अघि बढिरहेका बेला चौधरीलाई डिल्लीबजार कारागार पुर्याइएको बताए ।
सांसद चौधरीले भने, ‘यसबारेमा अहिलेसम्म सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन । यदि भोलिको बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीले स्पष्ट जवाफ नदिने हो भने, हाम्रो पार्टी सरकारबाट बाहिरिन बाध्य हुनेछ।’
उनले सरकारको मौनता आपत्तिजनक भएको भन्दै भोलिसम्म जवाफ नआए राजनीतिक सहकार्य टुंगिने चेतावनीसमेत दिए ।








प्रतिक्रिया