सार्वजनिक संस्थान निजी क्षेत्रलाई हस्तान्तरण गर्ने सरकारको घोषणा

1.3k
Shares


काठमाडौं । सरकारले सार्वजनिक संस्थानको पुनरसंरचना र निजी क्षेत्रलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ । संघीय संस्थाको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक संस्थानहरूको विद्यमान अवस्थाको अध्ययनका आधारमा व्यवस्थापन गरी पुनसरसंचना, निजी क्षेत्रलाई हस्तान्तरण तथा उपयुक्त विधिबाट सम्पत्तिको मौद्रीकीकरण गर्ने बताए ।

यस्तै सरकारले सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गर्ने घोषणा गरेको हो । एकीकृत सामाजिक सुरक्षाको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमहरूबिच समन्वय गर्ने उल्लेख छ ।

बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने र भौतिक सम्पत्ति बिमा प्रवर्धन गर्दै बिमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।