व्यवसायमैत्री वातावरण निर्माण सरकारको नीति

42
Shares

काठमाडौं । सरकारले निजी लगानी प्रबद्र्धन गर्न थप नीतिगत सुधार र प्रक्रियागत सरलीकरण गरी व्यवसायमैत्री वातावरण निर्माण गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै व्यवसायमैत्री वातावरण निर्माण सरकारको नीति रहेको बताए ।

उनले अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी कर प्रणालीमा संरचनागत परिवर्तन गरिने पनि बताए ।
उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवदेन कार्यान्वयन गर्ने पनि उल्लेख गरे । प्रतिवेदनको प्रारम्भिक सुझावअनुसार डेढ दर्जनभन्दा कानुन संशोधन भइसकेका छन् ।