पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन निरुत्साहन गर्ने मापदण्ड बनाइने

994
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन निरुत्साहन गर्ने मापदण्ड बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो मापदण्ड बनाउने बताएका हुन् ।

सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारीको प्रयोग घटाउँदै लैजाने सरकारको योजना छ । अर्कातर्फ विद्युतीय सवारीमा भने सरकारले बर्सेनी कर बढाउँदै गएको छ ।