रेशम चौधरी छुट्दै, डिल्लीबजार कारागारलाई सर्वोच्चको पत्र

581
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केहीबेरमा रिहा हुने भएका छन् ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको पत्रका आधारमा चौधरीलाई प्रहरीले आज पक्राउ गरेको थियो । तर पत्र अनधिकृत भएको खुलेसँगै उनी रिहा हुन लागेका हुन् ।

प्रहरीले अनधिकृत पत्र लेख्ने विष्टलाई पक्राउ गरिसकेको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबिचको एकता घोषणा कार्यक्रममा सहभागी हुन गएका चौधरी प्रज्ञा भवन परिसरबाट बुधबार पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै दुई पार्टीबिचको एकता घोषणा कार्यक्रम नै रोकिएको छ भने सर्वोच्चको पत्रले खैलाबैला भएको छ ।