
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
बुधबार जनमत पार्टीसँग हुन लागेको एकताअघि उनी पक्राउ परेका हुन् । पार्टी एकता घोषणा कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउ परेको बारे आफूले पनि सुनेको भन्दै यसबारे बुझ्ने प्रयास भइरहेको बताइन् । घटनाबारे थप विवरण आउँदै छ ।








प्रतिक्रिया