
काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।
थापाले गएको बिहीबार ५२ वटा संवैधानिक नियुक्ति सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले किनारा नलगाएर ढिलाइ गरिरहेको टिप्पणी गरेका थिए । यही अभिव्यक्तिलाई लिएर अदालतको अवहेलनाको मुद्दा अघि बढाइएको हो ।
प्रतिक्रिया