भुटानी शरणार्थीको पीडा समेटिएको गीत ‘दु:खको पोको’ सार्वजनिक (भिडियो)

441
Shares

काठमाडौं । भुटानबाट नेपाल प्रवेश गरेपछि अनागरिक भएर बस्नुपर्दाको पीडा समेटिएको गीत सार्वजनिक भएको छ ।

स्टार इन्टरटेन्मेन्ट नेपालको युट्युब च्यानबाटल सार्वजनिक भएको ‘दु:खको पोको’ बोलको गीतमा भुटानबाट लखेटिएपछिको पीडा, बेदना, श्रम शोषण, महिला हिंसा जस्ता विषय समेटिएको छ ।

नेपालमा बस्न थालेपछि झापा भुटानी शरणार्थी शिविरमा बस्दाको पीडालाई गीतको भिडियोमा दमदार रुपमा प्रस्तुत गरिएको छ । भुटानी शरणार्थीले तेस्रो देश पुनर्बाससम्मको कथा भिडियोमा देखाउन खोजिएको छ ।

विशेषगरी भुटानी शरणार्थीहरूको संघर्ष र जीवनका कठिनाइहरूलाई उजागर गरिएको गीतमा गायक प्रवीण दियाली, इन्द्रकला राई र ममता गुरुङको आवाज रहेको छ ।

संगीतकार लेखु सहयात्रीले संगीत दिएको गीतको शब्द भने धना नेपालको छ । यस्तै, विशम आचार्यले गीतको एरेन्ज र ब्याकग्राउण्ड म्युजिक तयार पारेका छन् जसलाई साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

भिडियोमा गजित बिष्टा, प्रकाश बस्नेत, सागर लम्साल ‘बले’, पर्शु गिरी, सुरक्षा इटानी र सुशमा मगरको दमदार अभिनय देख्न सकिन्छ ।

यसका साथै लाइट म्यानको भूमिकामा उदय माजी, रोमण सगम, तुम्चा राई र सामु राईको योगदान छ।

प्रोडक्सन म्यानेजर शम्भु श्रेष्ठ र ईश्वरलाकै खड्काको नेतृत्वमा सम्पूर्ण टीमले आफ्नो योगदान दिनुका साथै पवन सुस्लिङको सिनेमाटोग्राफी र सम्पादनमा उत्कृष्टता प्रस्तुत गरिएको छ ।

गीत/भिडियोमा विशेष धन्यवाद किशोर तिम्सिनालाई दिइएको छ ।

नयाँ प्रोजेक्टको स्क्रीनप्लेको लेखन र निर्देशन भने गामवीर बिष्टले गरेका छन्, जसले भुटानी शरणार्थीहरूको जीवनका कठिन पाटोहरूलाई प्रस्तुत गर्दै मानवता र संघर्षको कथा देखाएका छन् ।