
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार तलमाथि नपार्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागद्वारा आयोजित वृहत अन्तर्क्रिया कार्यक्रम थापा आफूहरु एमालेसँगको सहकार्यमा सरकारमा रहेको भन्दै नतिजा दिनुपर्ने बताए ।
मन्त्री बन्नैका लागि सरकारमा कांग्रेस नगएको उनको भनाइ छ ।
‘एमालेसँग सरकारमा छौँ । कमिटमेन्टका आधारमा हामी तलमाथि कुनै पोलिटिकल एडभेन्चरमा लाग्दैनौं । हामी तलमाथि पार्दैनौँ । अघि बढाउछौँ,’ थापाले भने, ‘ यो समयको प्रयोग गर्न चाहन्छौं । बस्नका लागिमात्रै सरकार बनेको होइन, रिजल्ट चाहिन्छ । हामी रिजल्टमा काम गर्न चाहन्छौं ।’
थापाले कम्फर्ट जोनमा बसेर काम नहुने भएकाले नयाँ ढंगले सोच्न आवश्यक रहेको बताए । सरकारले हात हालेर परिणाम नआएको क्षेत्रबाट हात झिकिदिए हुने उनको भनाइ छ
प्रतिक्रिया