६ प्रदेशमा वर्षा हुने सम्भावना

371
Shares

काठमाडौं । नेपालको वायु प्रणालीमा अहिले पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।

जसका कारण बागमती प्रदेशका केही स्थानका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भेगका केहि स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी आउने सम्भावना छ।

यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।