
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले कांग्रेसले विद्युत प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताए ।
दाङ पुगेका नेता महतले कार्यकर्ता भेटघाटका क्रममा उनले सत्ता गठबन्धनमा भएपछि सरकारी नियुक्तिमा समान अवसर प्राप्त हुनुपर्ने र समन्वय हुनुपर्ने भएपनि पछिल्लो समय नभइरहेको बताए ।
महतले गठबन्धन सरकार सञ्चालन गर्न सहज नभएको बताएका छन् । उनले माओवादीसँग कांग्रेस र एमाले दुवैको सहकार्य राम्रो नभएपछि बाध्य भएर मिल्न परेको सुनाए ।
महतले गठबन्धन सरकार भन्ने वित्तिकै सञ्चालन गर्न सोचेजस्तो सहज नहुने बताए ।
‘हामीले सोचेअनुसार सबै कुरा हुँदैन । हामीले भनेको सय प्रतिशत नभए पनि ५० प्रतिशत त होला भनेरै सहकार्यमा छौं । हुँदै नहुनुभन्दा त ५० प्रतिशत भएमात्रै पनि हुनु सही,’ उनले भने ।
प्रतिक्रिया