वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा रामबाबु थापा निर्वाचित

98
Shares

काठमाडौं । नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा रामबाबु थापा निर्वाचित भएका छन् । बिहीवार काठमाडौ सम्पन्न भएको युनियनको दोस्रो महाधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा नीर बहादुर बर्देवा, उपाध्यक्षहरुमा शिशिर झा, कमल प्रकाश न्यौपाने, संजिव प्रसाद साह, रेग बहादुर बिक, महासचिवमा सुमन घिमिरे चयन भएका छन् ।

उपमहासचिवमा दीपकजंग ठाकुर, सचिवहरुमा विशाल दाहाल, दानबहादुर अर्याल, लोक राज जोसी, रविन राजवंशी, सञ्जुला पोखरेल, सहसचिवहरूमा भिमार्जुन भण्डारी, ज्वाला प्रसाद नायक, नवीन अर्याल, कोषाध्यक्षमा सम्झना पौडेल, सह कोषाध्यक्षमा दिलबहादुर भण्डारी चयन भएका छन् ।

सदस्यहरूमा मुरारी प्रसाद अधिकारी, साधना कुवर, निशा सिंह, गणेश कुमार चौधरी, उत्तम संजेल, चिरञ्जीवी श्रेष्ठ, सुजन पाण्डे, उज्ज्वल ढुंगाना, दिपक चिमोरिया, उपेन्द्र पराजुली, उमेश थापा, टेक बहादुर केपछाकी, लक्ष्मी कटुवाल, अमर मान डंगोल, श्रीराम भण्डारी र रामसरण श्रेष्ठ चयन भएका छन् ।