गभर्नर नियुक्तिमा २० करोडको बार्गेनिङ गरेपछि कान्छाराम ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त: महेश बस्नेत

2.9k
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीको सिफारिसमा पदमुक्त भएका निवर्तमान ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङमाथि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँ बार्गेनिङ गरेको आरोप लगाएका छन् ।

बस्नेतले कांग्रेस सांसदसमेत रहेका तामाङले गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँको बार्गेनिङ गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदबाट हटाएका दाबी गरेका छन् ।

उनले तामाङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौं रुपैयाँको ठेक्कापट्टामा मिलेमतो गर्न खोजेको आरोप समेत लगाएका छन् ।

‘उर्जा राज्यमन्त्रीको हैसियतमा उनले कुलमान घिसिङलाई जोगाएको नाटक गर्दै ठूलो अनियमितता र मिलेमतोको खेल खेले’, बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ गभर्नर नियुक्तिका लागि २० करोडको डिलको प्रमाण भेटिएपछि प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुभयो ।’

बस्नेतले बर्खास्तीपछि तामाङले प्रधानमन्त्रीविरुद्ध अनावश्यक अभिव्यक्ति दिइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिउका छन् । ‘पद गुमेपछि राजनीतिक आडमा प्रधानमन्त्रीमाथि निराधार आरोप लगाउँदै मिडियामा नौटंकी गरिरहेका छन्’, उनले आरोप लगाए ।

Skip This