
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा सहभागी हुनु कांग्रेसको बाध्यता भएको तर्क गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले सरकारले जनताको समस्या समाधान गर्नु पर्ने र त्यसो हुन नसके सरकारमा बस्नुको अर्थ नहुने बताए । उनले कांग्रेस कतिपय विषयमा सम्झौता गर्दै सरकारमा बाध्यताका कारण सहभागी भएको बताए ।
‘आज हामी बाध्यताका कारण सरकारमा छौं। सरकारमा हामी मात्र छैनौं, विभिन्न शक्तिहरू छन् । कतिपय विषयमा हामीले सम्झौता गरेका छौं, तर आधारभूत मूल्य र मान्यतामा हामी कहिल्यै सम्झौता गर्नेछैनौं,’ उनले भने, ‘ आवश्यकता परे यस्तो सरकारबाट बाहिरिन पनि तयार छौं। किनभने सरकारमा रहनु नै सबैभन्दा ठूलो कुरा होइन।’
महामन्त्री थापाले समस्याको मात्र चर्चा गरेर नहुने भन्दै समाधानसहितको धारणा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए ।
थापाले लोकतन्त्र र समावेशी राजनीति कायम राख्न कांग्रेसले अग्रसर भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
थापाले भागेर समस्याबाट टाढा जान नमिल्ने भनेदै समस्याको सामना गर्न तयार रहनु पर्ने बताए ।
प्रतिक्रिया