प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने

161
Shares

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन यही शुक्रबारदेखि सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पक्का भएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले समग्र राष्ट्रिय अवस्था र संसद्को भूमिकाबारे आफ्नो धारणा राख्नेछन् । संसद्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

सामान्यतया बजेट अधिवेशनको आरम्भमा प्रधानमन्त्रीसहित प्रमुख नेताहरूले सम्बोधन गर्ने परम्परा छ । यसपटकको अधिवेशनबाट सरकारको प्राथमिकता बजेट पारित गर्नु मात्र नभई विद्यालय शिक्षा विधेयक पनि टुंग्याउने रहेको छ ।

त्यसैले शनिबार र सार्वजनिक बिदाबाहेक संसद बैठकहरू नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।