
काठमाडौं । अल न्यु हुन्डाइ क्रेटा इलेक्ट्रिक चैत ११ गते नेपालमा लञ्च भएसँग यो विद्युतीय गाडीमा आकर्षण देखिएको छ । यो गाडीले पावर, स्टाइल र एफिसियन्सीका माध्यमबाट थप ग्रिन र परिस्कृत ड्राइभिङ अनुभव दिन्छ । अर्थात्, अबको बाटो इलेक्ट्रिक हुँदैछ ।
नेपालमा १० हजार युनिटभन्दा बढी संख्यामा बिक्री भइसकेको देशकै लोकप्रिय एसयूभी क्रेटा फाइनल्ली इलेक्ट्रिक भर्सनमा आएको छ, त्यो पनि आइसभन्दा सस्तो र थप फिचरसहित ।
गत जनवरीमा भारतमा लञ्च गरिएको क्रेटा ईभी हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटलले बिक्री गर्छ । क्रेटाको आईसीई भर्सन नेपालमा लोकप्रिय रहँदा क्रेटा इलेक्ट्रिक सबै गाडी पारखीको आँखामा परिसकेको छ ।
२०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, फ्युचरिस्टिक र टेक इन्स्पायर्ड लुक दिने पिक्सेलेटेड डिजाइन थिम, लामो लाइफस्पान र ८ वर्ष वारेन्टि सहितको एनएमसी ब्याट्री, ५८ मिनेटमै फुल चार्ज, सुरक्षाका हिसाबले सबै भेरियन्टमा ६ एयरब्याग र ह्युन्डाइको स्मार्टसेन्स लेभल टु एडीएएस, कम्फर्टेबल फिल गराउने १७ इन्चको एरो एलोय ह्विल, सुपेरियर अफरोड एक्सपेरियन्स दिने १७ डिग्रिको ब्रेकओभर एंगल, १३५ पीएस अधिकतमक पावर दिने ९९ किलोवट मोटर र ३ वटा ड्राइभ मोड आदि यस्ता फिचर हुन् जसले क्रेटा इलेक्ट्रिकलाई अरू कारभन्दा विशिष्ट बनाउँछ । र, यो सबै सुविधा मात्र ५२ लाख रूपैयाँ मूल्य तिरेर पाउन सकिन्छ । यो मूल्य क्रेटा आईस भन्दा २ लाख रूपैयाँ सस्तो हो ।

क्रेटा इलेक्ट्रिकमा पिक्सेलेटेड ग्रिल र बम्पर पाउन सकिन्छ । एरो अल्लोय ह्विल र लो रोलिङ रेजिस्टेन्स टायरले कम्फर्टेबल राइड एक्सपेरियन्स दिन्छ । कारमा एलईडी हेडल्याम्प र टेल ल्याम्प तथा सिक्वेन्सियल टर्न इन्डिकेटर दिइएको छ । अगाडिको हिस्सामा रहेको चार्जिङ पोर्टमा मल्टी-कलर सराउन्ड लाइट र स्टेट-अफ-चार्ज इन्डिकेटर रहेको छ भने त्यसको ठीक मुनि एक्टिभ एयर फ्ल्याप्स दिइएको छ ।
क्रेटा इलेक्ट्रिकको कि अन गर्नेवित्तीको ह्युन्डाइको लोगो प्रोजेक्सनसहित पडल ल्याम्प अन हुन्छ ।
कारमा इको, नर्मल र स्पोर्टसहित ३ ड्राइभ मोड दिइएको छ । गाडीमा रहेको ब्याट्रीले ३९० किलोमिटर एआरएआई प्रमाणित रेन्ज दिन्छ । ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किमिको वारेन्टी दिइएको छ ।

११ किलोवाट एसी फास्ट चार्जिङबाट गाडि ४ घण्टामा र डीसी फास्ट चार्जिङमा ५८ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ ।
अब कुरा गरौं इन्टेरियरको । नेभी र ग्रे रंगको डुअल-टोन इन्टेरियरले क्लासिक फिस दिन्छ । अगाडिको भागमा डुअल १०.२५ इन्च कर्भिलिनियर स्क्रिन दिइएको छ । एउटा स्क्रिन इन्फोटेनमेन्ट ड्यासबोर्ड हो भने अर्को डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
सिङ्कस वे ड्राइभर सीट एड्जस्टमेन्ट, फ्रन्ट भेन्टिलेटेड सीट, फोल्डेबल सीटब्याक टेबल र टच फंक्सनसहित डुअल जोन ओटोमेटिक एसी थप फिचर हुन ।
यसैगरी गाडिमा भ्वाइस इनेबल्ड स्मार्ट प्यानोरामिक सनरूफ पाइन्छ ।
आईस क्रेटाको झैं पर्याप्त लेगस्पेस र ४३३ लिटर बुटस्पेस रहेको क्रेटामा २२ लिटर फ्रन्कस्पेस पनि दिइएको छ ।
सेक्युरिटी फिचरको कुरा गर्दा गाडिमा स्मार्ट क्रुज कन्ट्रोल, ब्लाइन्ड-स्पट कोलिजन अभोइडेन्स असिस्ट , लेन फलोइङ असिस्ट, फरवार्ड कोलिजन अभोइडेन्स असिस्ट तथा रियर क्रस-ट्राफिक अलार्म आदि छन् । यसैगरी हिल-स्टार्ट असिस्ट कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, भर्चुअल इन्जिन साउन्ड सिस्टम पनि दिइएको छ ।

इन्फोटेनमेन्ट र कनेक्टिभिटीतर्फ फिचरहरू बोसको ८ स्पिकर र सब-वुफरसहित प्रिमियम साउन्ड सिस्टम, एन्ड्रोइड अटो र एपल कारप्ले र भेइकल-टु-लोड फंक्सन दिइएको छ ।
क्रेटा इलेक्ट्रिक मेटालिकतर्फ ओसन ब्लु, एटलस वाइट, फ्रियरी रेड, स्टेरी नाइट र एबिस ब्ल्याक तथा म्याटतर्फ ओसन ब्लु, टाइटन ग्रे र रोबस्ट एमराल्ड रङमा उपलब्ध छ ।
४ मिटर ३४ सेन्टिमिटर लामो यो एसयूभी १ मिटर ६५.५ सेन्टिमिटर अग्लो र १ मिटर ७९ सेन्टिमिटर चौडा रहेको छ ।
प्रतिक्रिया