
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ०.९३ प्रतिशतको सामान्य गिरावट भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा र निक्षेप र कर्जामा सामान्य सुधार देखिएको बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।
बैंकको खुद शुल्क तथा कमीसन आम्दानी र नेट ट्रेडिङ आम्दानीसँगै अन्य सञ्चालन आम्दानी पनि उल्लेख्य बढेको छ । तर, बैंकको निष्क्रिय कर्जा बढेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम भने बढेको छ । जसले बैंकको नाफा सामान्य घटेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा साढे १२ अर्बले बढेको छ । २०८१ असार मसान्तमा १ खर्ब ९५ अर्ब ४७ करोड ३४ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा २ खर्ब ७ अर्ब ९३ करोड ५३ लाख पुगेको छ । बैंकको निक्षेप भने साढे अर्बले बढेको हो । गत असार मसान्तमा २ खर्ब ४१ अर्ब ३२ करोड ९१ लाख रहेकोमा चैत मसान्तमा २ खर्ब ४७ अर्ब ६४ करोड २५ लाख पुगेको छ ।
३.९८ प्रतिशत स्प्रेड दर रहेको बैंकको कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी बढेको छ । गत आवको तेस्रो त्रैमासमा ६ अर्ब १ करोड ३४ लाख रहेको रहेको बैंकको खुद ब्याज आम्दानी चालु आवको तेस्रो त्रैमासमा ६ अर्ब ३३ करोड ६२ लाख पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी १ अर्ब ३ करोड १९ लाखबाट बढेर १ अर्ब २० करोड १ लाख पुगेको हो ।
बैंकको नेट ट्रेडिङ आम्दानी १८ करोड ५२ लाखबाट बढेर १९ करोड ४६ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी २५ करोड ८५ लाख रुपैयाँबाट बढेर ४२ करोड ८३ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४८ करोड ९० लाख रुपैयाँबाट घटेर ८ अर्ब १५ करोड ९३ लाख पुगेको छ ।
निष्कृय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि २ अर्ब २१ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब ७० करोड ९९ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानीमा वृद्धि भएपनि कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम बढ्दा बैंकको नाफामा सामान्य वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा २ अर्ब ४४ करोड ६० लाखबाट घटेर २ अर्ब ३८ करोड ७३ लाख रुपैयाँमा झरेको हो ।
चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १८ करोड ८४ लाख रुपैयाा छ । यस आधारमा बैंकको वार्षिक लाभांश क्षमता १.७५ प्रतिशत छ । बैंकक चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ र सञ्चित नाफा १८ करोड ८४ लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा १४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
नाफा सामान्य घटेसँगै बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १० पैसाबाट घटेर १५ रुपैयाँ ९३ पैसामा झरेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात १७.८४ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ९.२१ प्रतिशत सहित पूँजीकोष अनुपात ११.१८ प्रतिशत छ । त्यस्तै निष्क्रिय कर्जा अनुपात २.५२ प्रतिशतबाट बढेर ४.०४ प्रतिशतमा पुगेको छ । सीडी रेसियो ८३.९६ प्रतिशत र चैत मसान्तको आधारदर ६.४६ प्रतिशत छ ।








प्रतिक्रिया