
काठमाडौं । एनएमबि बैंकको खुद नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेको हो जुन गत आवको सोही अवधिभन्दा ३३ करोड रुपैयाँ बढी हो ।
एनएमबिले गत वर्षको चैत मसान्तसम्म २ अर्ब २७ करोड नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १ अर्बभन्दा बढीले बढेको छ । ९ महिनामा बैंकले ६ अर्ब ४९ करोड रुपैयाँ यस्तो आम्दानी गरेको छ । यता नोक्सानी व्यवस्थाका लागि गरेको प्रोभिजन केही बढेको छ । ९ महिनामा बैंकले १ अर्ब २९ करोड प्रोभिजन थप गरेको छ ।
नाफा बढ्दा एनएमबि प्रतिसेयर आम्दानी पनि १७.२३ रुपैयाँ पुगेको छ । गत वर्ष ईपीएस १६.२७ रुपैयाँ थियो । यसैगरी नेटवर्थ १५७.१३ रुपैयाँ छ ।
बैंकले हालसम्म २ खर्ब ६९ अर्ब ९ करोड रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब २५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । १ वर्षमा बैंकले निक्षेप ४५ अर्बले र कर्जा ३१ अर्बले बढाएको छ ।
एनएमबिको निष्क्रिय कर्जा ४.४७ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजीकोष ९.२३ प्रतिशत कायम भएको छ ।
नाफा बढेको एनएमबिको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड पुगेको छ । यो रकमबाट बैंकले ६.६५ प्रतिशत लाभांश दिन सक्छ ।
प्रतिक्रिया