
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिना सकिँदासम्म २ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको हो ।
बैंकले गत आवको सोही अवधिमा २ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी निकै घटेको छ । ट्रेजरी बिलको ब्याजदर घट्दा बैंकको ब्याज आम्दानी प्रभावित बनेको हो । खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड रुपैयाँ कामय भएको छ । जबकि गत आवको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ९२ करोड रुपैयाँ थियो ।
यता नेट फि एन्ड कमिसन सामान्य बढेर १ अर्ब ३३ करोड कायम भएको छ ।बैंकले ९ महिनाको अवधिमा नोक्सानी व्यवस्थाका लागि गरेको ९ करोड रुपैयाँ राइट ब्याक गर्दा पनि नाफा बढ्न सकेन ।
नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी २८.८६ रुपैयाँ कायम भएको छ । जबकि १ वर्षअघि ईपीएस ३४.६ रुपैयाँ थियो । नेटवर्थ भने २०८.४ रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा झनै कम भएको छ । एक वर्षअघि २.१४ प्रतिशत रहेको एनपीएल १.४४ प्रतिशतमा सिमित भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा बैंकले निक्षेप करिब १० अर्बले बढाउँदा कर्जा ४ अर्ब घटाएको छ ।
नाफा सामान्य घटेपनि बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड १७ लाख रुपैयाँ रहेको छ । यसबाट १९.३५ प्रतिशत लाभांश दिन क्षमता रहन्छ ।
प्रतिक्रिया