कुमारी बैंकको नाफा घट्यो, कति पुग्यो ?


काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख २३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ ।