माइतीघर–बानेश्वर सडकमा गाडी चलाउन दिन यातायात महासंघको माग

1.2k
Shares

काठमाडौं । आन्दोलनका कारण १७ दिनदेखि शिक्षक महासंघको आयोजनामा माइतीघर–बानेश्वर सडकमा सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ ।

आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ । गृहमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै महासंघले ध्यानाकर्षण पत्र पठाएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र बुझाउदै महासंघका महासचिव भरत नेपालले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेर्स्याउने चेतावनी दिए ।

Skip This