नयाँ बर्षमा एलिका ब्रान्डका उत्पादनमा छुट पाइने

0
Shares


काठमाडौं । नववर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स नामक अफर ल्याएको छ ।
यो अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् ।
अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु रहेको जनाएको छ । एलिकाका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन् ।
ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटपरहब, कुकिङ रेन्ज, बिल्ट(इन ओभनरमाइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सीजी इलेक्ट्रीक कित्ली पाउनेछन् ।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य प्रतिशत इएमआई, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ ।