
काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘स्टार्ट अ न्यू इयर विथ प्रोमिस अफ १०० प्रतिशशत पियोर वाटर’ अभियानको शुभारम्भ गरेको छ ।
यस अभियानले ग्राहकहरूलाई केन्ट मिनरल रो वाटर प्यूरिफाइरमा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य रहेको जनाएको छ । केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्ने जनाएको छ ।
यस अभियान अन्तर्गत, ग्राहकहरूले यो उत्पादन खरिद गर्दा निःशुल्क सिजी इलेक्ट्रिक कित्ली प्राप्त गर्ने अवसर पाउने जनाएको छ । यो विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्याउने जनाइएको छ ।
साथै केन्टका वाटर प्युरिफायरहरूले अत्याधुनिक मल्टिपल प्युरिफिकेशन प्रोसेस, शत प्रतिशत शुद्ध पानी, आवश्यक मिनरल्सलाई कायम राख्ने प्रविधि, र यूभी एलइडी टेक्नोलोजी जस्ता विशेषताहरू प्रदान गर्ने जनाएको छ । जसले पानीको गुणस्तर र प्रयोगकर्ताको स्वास्थ्यमा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्दछ ।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ईएमआई र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् ।










प्रतिक्रिया