नयाँ वर्षमा सीजीका घरायसी उपकरण खरिद गर्ने थाइल्यान्ड घुम्न पाउने

182
Shares

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडिएले लेभल अपअभियान अन्तर्गत लेभल अप विथ लाइफ हुन्छ इजी नामक उपभोक्ता योजना घोषणा गरेको छ ।

साना घरायसी उपकरण एसडिए प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई पुरस्कार जित्ने अवसर प्रदान गर्ने जनाएको छ ।

कम्पनीका अनुसार यो योजना चैत २२ गतेदेखि लागू गरिएको छ । योजनामा सहभागी हुन ग्राहकहरूले सीजी एसडिए उत्पादनहरू खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ ।

यसमा ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । अभियानको अन्त्यमा, सहभागीहरूले थाईल्याण्ड भ्रमण र सीजी मेघौली सरियाको विलासी यात्रा जित्ने अवसर पाउनेछन्।

यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको जनाएको छ।