
काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सिजी इलेक्ट्रोनिक्स ले ‘रिफ्रेश, रेनू, एण्ड रीफोकस’ भन्ने मूल नाराका साथ ‘सिजी इलेक्ट्रिक डिलर्स मिट २०८१’ भव्य रूपमा सम्पन्न गरेको छ ।
व्यावसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा केन्ट ब्रान्डका फ्यान, एमसीबी, स्विच, कुलर तथा सिजी ब्रान्डका बल्ब, सब-मीटर, एमसीबी, स्विच लगायतका नवीनतम उत्पादनहरू प्रस्तुत गरिएको साथै डिलर नेटवर्कलाई अझ प्रभावकारी बनाउन आगामी योजनाहरू समेत सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा सिजी इलेक्ट्रोनिक्सको योगदान उल्लेखनीय बनाउने डिलरहरूको महत्त्वपूर्ण भूमिकालाई कदर गर्दै श्रेष्ठ प्रदर्शन गर्ने डिलरहरूलाई विशेष सम्मान तथा विभिन्न आठ श्रेणीमा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताको गरिमामय उपस्थितिका बिच दीप प्रज्वलन सहित कार्यक्रमको शुभारम्भ भएको थियो । उनीहरूले डिजिटल रूपान्तरण, ग्राहक केन्द्रित सेवा तथा उच्च प्रविधियुक्त उत्पादनहरू ल्याउने कम्पनीको रणनीति प्रस्तुत गरेका थिए ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको इलेक्ट्रोनिक्स बजारमा आफूहरू लामो समय देखि रहेको तथा केन्ट भारत तथा सिजी इलेक्ट्रिक मार्फत आफूहरू नेपाली उपभोक्ता माझ रहन पाउँदा खुसी रहेको बताए । केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताले नेपाली उपभोक्ता र उपस्थित वितरकहरूको प्रशंसा गर्दै नेपाली बजारमा अबको समयमा नेपाली बजारमा निरन्तर अत्याधुनिक र सर्वसुलभ उत्पादन उपलब्ध गराउने जानकारी गराए ।
डिलर मिटको अवसरमा केन्ट ब्रान्डको कुलर पनि नेपाली बजारमा लन्च गरिएको छ, ४५, ५०, ७० तथा ९० लिटर क्षमताको एअर कुलर नेपाली बजारमा उपलब्ध हुने र आधुनिक क्षमताका एअर कुलरले उपभोक्ताबिच नयाँ अनुभव र सन्तुष्टि प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।
२५०० देखि ४००० मिटर क्युव एअर डेलिभरी गर्न सक्ने यी एअर कुलरमा १ वर्षको वारेन्टी र उपभोक्ताको आवश्यकता अनुसार विभिन्न आकारमा रहेका छन् । साथै उक्त अवसरमा सिजी ब्रान्डको स्ट्रिट लाइटको पनि लन्च गरेको छ, कम विद्युत् खपतमा बढी उज्यालो दिने कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख आकर्षणहरूमा नयाँ उत्पादनहरूको प्रस्तुति, बजार रणनीति छलफल, डिलर अनुभव सेसन, र नेटवर्किङ सेसन रहेका थिए । यसका साथै, नेपाली सांस्कृतिक प्रस्तुति ले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
सिजी इलेक्ट्रोनिक्सले आगामी वर्षहरूमा गुणस्तरीय उत्पादन, नवीन प्रविधि, र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । कम्पनीले डिजिटल प्रविधिको उपयोग, बिक्री प्रवर्द्धन योजनाहरूको सशक्त कार्यान्वयन, तथा डिलरहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै नेपालभरको बजारमा आफ्नो उपस्थिति सशक्त बनाउन योजना बनाएको छ ।
प्रतिक्रिया