
काठमाडौं शुक्रबार भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरसित ४१ जनाविरुद्ध विभिन्न कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंबाट मंगलबारसम्म थुनामा राख्न अनुमति लिएर अनुसन्धान अगाडि बढाएको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न बुधवार पुन: अदालतमा उपस्थित गराउने छ ।

पहिलो पटक म्याद थपिएका जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडि बढाइको छ । राज्यविरुद्धको कसुर र संगठित अपराधमा उनीहरुलाई पहिलो सूचिमा राखिएको छ ।





प्रतिक्रिया