राजावादी प्रदर्शन राप्रपा नेता मिश्र र राणासहित ११ जनालाई ५ दिनको हिरासतमा राख्न अनुमति

0
Shares

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत ११ जनाको म्याद पाँच दिन थप गरिएको छ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई बयानपछि थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ ।

शुक्रबार काठमाडौंको तीनकुने लगायत विभिन्न क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड तथा लुटपाट भएपछि प्रहरीले राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरूलाई पक्राउ गरेको थियो । आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।