
काठमाडौं । राजावादी आन्दोलन उक्साउने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणालाई म्याद थप गर्न अदालत उपस्थित गराइएको छ ।
आइतबार उनीहरुलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर विध्वंशकारी घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको छ ।
प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्याएको थियो । त्यसपछि जिल्ला अदालतमा लगेर उनीहरुको म्याद थपको प्रक्रिया अघि बढाइएको हो ।


प्रतिक्रिया