
काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार राजावादीले आयोजना गरेको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेर लुटपाट भएको थियो । लुटपाटमा संलग्न ९ जनालाई काठमाडौंका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वत्त बानेश्वर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका आशिष सिंह रहेका छन् । उनले भाटभटेनीबाट तीन बोतल रक्सी लुटेका थिए ।
यस्तै चारवटा बियर लुट्ने सर्लाही बरथहवा–६ का प्रेम कुमार महतो, यार्चागुम्बा रक्सी लुटने भारतको बिहारका रवि रञ्जन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।
११ वटा हाफ पाइन्ट, एउटा ट्राउजर लुटने नुवाकोट–६ बिदुरकी सुशिला कुमाललाई पनि प्रहरीले पक्राउ गरेको छ । १ थान ट्रे र १ थान क्यारेट लुटपाट गर्ने धरानका एलिसा राई पक्राउ परेका छन् ।
यस्तै १ थान क्यारेट लुटपाट गर्ने कोटेश्वर नरेफाँट बस्ने बालकुमारी कार्की, फलफूल लुटपाट गर्ने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुली तीनपाटन गाँउपालिका–७ की चित्र माया बस्नेत र ६९ वटा लिपिस्टक, ऐना १ थान, गाजल २१ थान, अन्य सामान १२ थान लुटने सिन्धुली तीनपाटन गाँउपालिका–१६ की सुस्मिता बराल पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया