
काठमाडौं । बिमा कम्पनीहरुले कर्मचारीको क्षमता अभिवृद्धि शीर्षकमा छुट्याएको रकम अन्यत्र खर्च गरेपछि नेपाल बिमा प्राधिकरणले त्यसलाई रोक्न निर्देशिका ल्याउने भएको छ ।
बिमा कम्पनीले जुन शीर्षकमा खर्च गर्न भनेर छुट्याएको हो त्यो रकम अन्यत्र खर्च गर्ने र सम्बन्धित शीर्षकमा खर्च नगरेपछि प्राधिकरणले निर्देशिका ल्याउन लागेको हो ।
निर्देशिका जारी भएपछि बिमा कम्पनीले जथाभावी गर्ने खर्च न्यून हुने बिमा प्राधिकरणको बुझाइ छ ।
अहिले पनि बिमा कम्पनीहरुले कर्मचारीको क्षमता अभिवृद्धिका लागि भन्दै नाफाको २ प्रतिशत रकम छुट्याउने गरेका छन् । तर, त्यो रकम कम्पनीका कर्मचारीको क्षमता अभिवृद्धिमा नभइ अन्यत्र खर्च हुने गरेको छ ।
बिमा कम्पनीको यस्तो गुनासो बढ्दै गएपछि प्राधिकरणले त्यसलाई रोक्न र सम्बन्धीत शीर्षकमा खर्च गर्न निर्देशिका ल्याउने तयारी भएको प्राधिकरण स्रोतको भनाइ छ । निर्देशिका बनाउने काम भइरहेको छ ।
बिमा कम्पनीका कर्मचारीले लामो समयदेखि कम्पनीहरुले शीर्षक अनुसार छुट्याएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरेको गुनासो गर्दै आएका छन् । उनीहरुले प्राधिकरणले गर्दै आएको अनुगमन फितलो भएको भन्दै यसलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
प्रतिक्रिया