
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई ध्यानमा राख्दै गणतन्त्रवादी र राजावादी दुवै समूहले आफ्नो प्रदर्शनको समय परिमार्जन गरेका छन् ।
यसअघि बिहान ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा, अब एक घण्टा पछि सारेर मध्यान्ह १२ बजेबाट मात्र सुरु गर्ने निर्णय गरिएको छ । एसईई परीक्षा बिहान ११ बजे सकिने भएकाले परीक्षार्थीहरू सहज रूपमा घर फर्कन सकुन् भन्ने उद्देश्यले समय परिमार्जन गरिएको हो ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भक्तपुरबाट प्रदर्शन सुरु गर्नेछ । समितिका प्रवक्ता स्वागत नेपालका अनुसार पहिले ११ बजे भक्तपुरबाट हिँड्ने योजना बनाइए पनि अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने र १२ बजेबाट मात्र प्रदर्शन अघि बढाउने तय भएको छ ।
यता, गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्रसहितका दलहरूको समाजवादी मोर्चाले पनि शुक्रबार नै शक्ति प्रदर्शन गर्दैछ। गणतन्त्र पक्षधरहरूको लागि भृकुटीमण्डपलाई सभा स्थलका रूपमा तोकिएको छ।
प्रतिक्रिया