
काठमाडौं । काठमाडौं महानरपालिकाले आज उपत्यकामा हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनका कारण सवारी नपाउने अवस्थालाई ध्यान दिँदै एसईई परीक्षा दिएर घर फर्कने विद्यार्थीका लागि सवारी साधनको व्यवस्था गरेको छ ।
काठमाडौं महानगरपालिकाले सवारी साधन नपाएर एसईई परीक्षा केन्द्रबाट घर फर्किन समस्या परेको खण्डमा फोनमा सम्पर्क गरेर सहयोग लिन सक्ने जनाएको छ ।
‘परीक्षामा खटिने केन्द्राध्यक्ष र शिक्षकहरुलाई विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरिदिनुहुन र आवश्यक परे आफैँ पनि सुविधा लिन अनुरोध गर्दछौं,’ महानगरपालिकाले सूचनामा भनेको छ ।
आज काठमाडौंको भृकुटीमण्डपमा गणतन्त्रवादीहरुले र तीनकुनेमा राजवादीहरुले शक्ति प्रदर्शन गर्दैछन् । त्यसअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने भएसँगै राजधानीको सवारी आवागमन प्रभावित हुने भएसँगै एसईई दिएर घर फर्कने विद्यार्थीका लागि महानगरले सवारी व्यवस्थापन गरेको हो ।
यस्तो छ सम्पर्क नम्बर
बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६
रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, ९८५१०९३१७६
नयाँ बसपार्कतर्फका लागि, नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, ९८५१२३३६३३
टेकुतर्फका लागि, नगर प्रहरी निरीक्षक, प्रकाश पण्डित, ९८५१०५६३४६
महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९
प्रतिक्रिया