
काठमाडौं । बिमा प्राधिकरणका अुनसार फागुन मसान्तसम्म ७१ हजार ५४४ जना बिमितले ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँको बिमा पोलिसी त्याग गरेका छन् । प्राधिकरणका अनुसार फागुन मसान्तसम्म उक्त रकमको पोलिसी सरेण्डर भएको हो ।
फागुन मसान्तसम्म राष्ट्रिय जीवन बिमा कम्पनीका १० हजार १४६ बिमितले ९२ करोड ११ लाख ७० हजार रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्सका ४ हजार १६० बिमितले ६० करोड ५१ लाख ८९ हजार रुपैयाँको, नेपाल लाइफका १५ हजार ५७२ बिमितले २ अर्ब ६३ करोड ७६लाख ६६ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १७ हजार ८८९ जना बिमितले ३ अर्ब ९ करोड ९६ लाख ३२ हजार रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।
प्राधिकरणका अनुसार मेट लाइफका २ हजार ३७८ जना बिमितले २७ करोड ९९ लाख, एशियन लाइफका ५ हजार ८२४ बिमितले ६१ करोड १४ लाख ५१ हजार, आइएमई लाइफका १ हजार १९० बिमितले १३ करोड ५३ लाख, सन नेपाल लाइफका ५२६ बिमितले ५ करोड ५५ लाख ९० हजार, रिलायबल नेपाल लाइफका १ हजार ९६ बिमितले ७ करोड ४४ लाख ५६ हजार रुपैयाँको पोलिसी छोडेका छन् ।
प्राधिकरणका अनुसार सिटिजन लाइफका १ हजार ९५९ बिमितले १८ करोड ४४ लाख ४९ हजार, सूूर्यज्योति लाइफका ३ हजार ९६३ बिमितले ५३ करोड २१ लाख ४२ हजार, सानिमा रिलायन्स लाइफका १ हजार २४७ बिमितले १७ करोड ४५ लाख ७३ हजार, हिमालयन लाइफका ४ हजार ५८४ बिमितले ४२ करोड २७ लाख ४१ हजार र प्रभु महालक्ष्मी लाइफका १ हजार २० बिमितले १४ करोड २० लाख ३४ हजार रुपैयाँको पोलिसी सरेण्डर गरेका छन् ।
कुनै पनि व्यक्तिले जीवन बीमा गर्यो र उसले समय अवधि नपुग्दै आफूले लिएको पोलिसी बीचमै छोड्यो भने त्यसलाई पोलिसी सरेण्डर भनिन्छ ।
बीमा प्राधिकरणले बीमा पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्था गरेको छ । प्राधिकरणले बीमालेख खरिद गरेको ३ वर्षपछि पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्था गरेको हो ।
बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ ।
न
पालमा आर्थिक गतिविधि सुस्त हुनका साथै बिमितको आर्थिक अवस्था कमजोर हुँदा, सहकारी संस्थामा समस्या देखिँदा, नेपालमा सम्पत्ति सम्बन्धी व्यवस्थामा कडाइ हुँदै जाँदा पोलिसी सरेण्डर बढ्ने क्रममा रहेको बिमा कम्पनीका अधिकारीहरुको दाबी छ ।
बिमा पोलिसी नवीकरण नगर्नेको संख्या बढ्दा बिमा कम्पनीलाई व्यबसाय बढाउन समस्या पर्ने बताइन्छ । कतिपय अवस्थामा बिमा कम्पनीका एजेन्टले वास्तविक जानकारी नगराउँदा पनि केही समयपछि पोलिसी सरेण्डर बढ्ने गरेका छन् । त्यसले पनि समस्या निम्तिएको बिमा कम्पनीहरु बताउँछन् । कतिपय सरेण्डर एजेन्टले बिमितलाई हैसियतभन्दा बढीको बिमा गराइदिएका कारण पनि हुने गरेको छ ।
प्रतिक्रिया