शुक्रबारको राशिफल: कुन राशिका व्यक्तिले केमा लगानी गर्ने ?

301
Shares

आज विक्रम संवत २०८१ साल चैत १५ गते शुक्रबार । अङ्ग्रेजी क्यालेन्डरअनुसार इस्वि संवत् सन् २०२५ मार्च २८ तारिख । शक संवत् १९४६ । नेपाल संवत् ११४५ चौलाथ्व । कालयुक्त नाम संवत्सर । सूर्यउत्तरायण । वसन्त ऋतु । चैत्र कृष्णपक्षको चथुर्दशी तिथि साँझको ७:३३ बजेसम्म, त्यसपछि औंशी । पूर्वभाद्रापद नक्षत्र रातको ०९:४७ बजेसम्म, त्यसपछि उतरभाद्रापद । शुक्ल योग बिहान ०२:८ बजेसम्म, त्यसपछि ब्रह्म । भद्रा करण बिहान ८:१३ बजेसम्म, त्यसपछि शकुनि साँझ ०७:१३ बजेसम्म, त्यसपछि चतुष्पद । चन्द्रमा कुम्भ राशिमा रहेका छन् भने आनन्दादी योग आज ध्वाँक्ष रहेको छ । सूर्योदय बिहान ६:०१ मा हुनेछ भने सूर्यास्त साँझ ०६:१९ मा हुनेछ ।

अब कुरा गरौं, आजको राशिफलको ।

मेष
आज मेष राशिका लागि बहुमूल्य धातु, रत्न, रुद्राक्ष, सौन्दर्य, घर, गाडी, शिक्षा, तथा विलासिताका क्षेत्रमा लगानी गर्दा शुभ हुनेछ । तर, बैंक तथा वित्तीय नगद कारोबार, अनलाइन व्यापार, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानीले आर्थिक हानि हुन सक्ने सम्भावना देखिन्छ । स्वास्थ्यमा आज पेट र छातीमा समस्या आउन सक्छ; समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्रको जप गर्नुहोस् । तपाईंको लागि शुभ दिशा पश्चिम, अशुभ दिशा दक्षिण, शुभ रङ सेतो, अशुभ रङ कालो, शुभ अंक ६, र अशुभ अंक ८ रहेको छ ।

बृष
आज बृष राशिका लागि शिक्षा, व्यापार, घरजग्गा, ठूला उद्योग, सवारीसाधन तथा बैंक वित्तीय क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ । तर, वैदेशिक रोजगारी, समुन्द्रपारको व्यापार, अनलाइन व्यापार, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा आर्थिक हानि हुन सक्ने सम्भावना छ । स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस् । तपाईंको लागि शुभ दिशा उत्तर, अशुभ दिशा पूर्व, शुभ रङ हरियो, अशुभ रङ कालो, शुभ अंक ५, र अशुभ अंक १ रहेको छ ।

मिथुन
आज मिथुन राशिका लागि व्यापार, शिक्षा, उद्योग, बैंकको लिलाममा राखिएको सम्पत्ति “नोन-परफर्मिङ एसेट” (Non-Performing Asset, NPA) क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ । साथै, घर, गाडी, र विलासिताका क्षेत्रमा पनि लगानी गर्दा लाभ मिल्नेछ । तर, स्वास्थ्य सेवा, मनोविज्ञान र सामाजिक सञ्जालसँग सम्बन्धित काममा समस्या आउन सक्छ, जसले हानि पुर्याउन सक्छ । स्वास्थ्यमा आज पेट र श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ; समाधानको लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: हल्का निलो, अशुभ रङ: कालो, शुभ अंक: ५, अशुभ अंक: २ रहेको छ ।

कर्कट
आज कर्कट राशिका लागि स्थिर व्यापार, घरजग्गा, आयत-निर्यात, शिक्षा, र सवारीसाधनका क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । साथै, उद्योग र घरेलु मामिलामा पनि लगानी गर्दा लाभ हुनेछ । तर, स्वास्थ्य, होटल, अतिथी सत्कार र समाजसेवाका क्षेत्रमा केही नोक्सानको सम्भावना छ । स्वास्थ्यमा आज पेट र गला सम्बन्धी समस्या आउन सक्छ; समाधानको लागि “ॐ सों सोमाय नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ८ रहेको छ ।

सिंह
आज सिंह राशिका लागि निर्माण, सरकारी ठेक्का, सञ्चार, र पर्यटन क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । साथै, शिक्षा र कलाका क्षेत्रमा पनि लगानी गर्दा लाभ हुनेछ । अस्पताल, धार्मिक कार्यका क्षेत्र, बैंक, साझेदारी व्यवसाय र पारिवारिक पेशामा केही तनाव र समस्या आउन सक्छ, जसले हानि पुर्याउन सक्छ । स्वास्थ्यमा आज पेट र छातीसम्बन्धी समस्या आउन सक्छ; समाधानको लागि “ॐ घृणी सूर्याय नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: दक्षिण-पश्चिम, अशुभ दिशा: उत्तर-पूर्व, शुभ रङ: सुन्तला, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ५ रहेको छ ।

कन्या
आज कन्या राशिका लागि शिक्षा, व्यापार, घरजग्गा, सवारीसाधन र बैंक वित्तीय क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । साथै, घरेलु मामिलामा पनि लाभको सम्भावना छ । तर, स्वास्थ्य, अनलाइन व्यापार, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुन सक्ने सम्भावना छ । स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: पहेंलो, अशुभ रङ: कालो, शुभ अंक: ५, र अशुभ अंक: १ रहेको छ ।

तुला
आज तुला राशिका लागि व्यापार, शिक्षा, घरजग्गा, र सवारीसाधनका क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ । साथै, बैंकको लिलाममा राखिएको सम्पत्ति, बाह्य व्यापार र सवारीसाधनका क्षेत्रमा पनि लाभ मिल्नेछ । तर, स्वास्थ्य, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा आर्थिक हानि हुन सक्ने सम्भावना छ । स्वास्थ्यमा आज पेट र पाचनसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: ६, र अशुभ अंक: ८ रहेको छ ।

बृश्चिक
आज बृश्चिक राशिका लागि प्रविधि र स्टार्टअप्स, हरित ऊर्जा, स्वास्थ्य र जैविक विज्ञान, र शहरी कृषि क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ । साथै, कला र फेसन उद्योगमा पनि लगानी गर्दा लाभ प्राप्त हुनेछ । तर, सस्तो आवास, अनलाइन व्यापार, र सामाजिक सञ्जालसँग सम्बन्धित लगानीमा हानि हुन सक्ने सम्भावना छ । स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ नम शिवाय” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ८ रहेको छ ।

धनु
धनु राशिका लागि यात्रा र पर्यटन, बैदेशिक रोजगार , आयत निर्यात , र पर्यटन क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ । बायोटेक्नोलोजी र मेडिकल रिसर्च क्षेत्रमा पनि लगानी गर्दा फाइदा हुनेछ । तर सस्तो आवास, जलस्रोत , लिलाम बडाबड , सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुन सक्ने सम्भावना देखिन्छ । स्वास्थ्यमा आज मस्तिष्क र पेटसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: पश्चिम, अशुभ दिशा: उत्तर, शुभ रङ: सुनौलो, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ७ रहेकोछ ।

मकर
मकर राशिका लागि प्रविधि र स्टार्टअप्स, कला र फेसन उद्योग, र यात्रा र पर्यटन क्षेत्रमा लगानी गर्दा लाभ मिल्नेछ । स्वास्थ्य र जैविक विज्ञान, बायोटेक्नोलोजी, र शहरी कृषि क्षेत्रका लगानीहरू पनि सकारात्मक परिणाम दिनेछन् । तर, जलस्रोत र हरित उर्जा, बैंक र वित्तीय नगद कारोबारमा लगानी गर्दा हानि हुन सक्छ । स्वास्थ्यमा आज हृदय र मस्तिष्कसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ शं शनैश्वराय नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: दक्षिण-पश्चिम, अशुभ दिशा: उत्तर-पूर्व, शुभ रङ: नीलो अशुभ रङ: कालो, शुभ अंक: ४, अशुभ अंक: ६ रहेको छ

कुम्भ
कुम्भ राशिका लागि स्वास्थ्य र जैविक विज्ञान, हरित ऊर्जा, र इन्जिनियर पढाउने स्कुल कलेजमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । iot प्रविधि र शहरी कृषि, र सस्तो आवास क्षेत्रमा पनि लगानी गर्दा लाभ हुनेछ । तर, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुन सक्ने सम्भावना छ । स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ शं शनैश्वराय नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ५ रहेको छ ।

मीन
मीन राशिका लागि कला र फेसन उद्योग र घर जग्गाका क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ । सस्तो आवास, प्रविधि नवप्रवर्तनकारी आइडिया , यात्रा र पर्यटनका क्षेत्रमा पनि लगानी गर्दा लाभ प्राप्त हुनेछ । तर, स्वास्थ्य र जैविक विज्ञान, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुन सक्ने सम्भावना देखिन्छ । स्वास्थ्यमा आज श्वासप्रश्वास , गला र यौन समस्यासँग सम्बन्धित समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस् । शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण-पश्चिम, शुभ रङ: हल्का निलो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ७ रहेको छ ।

जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस्, र तपाईंका सबै कार्यहरू मंगलमय बनुन् । भोलिको राशिफलमा पुनः भेट हुनेछ । तबसम्म स्वस्थ, सुरक्षित र शुभ रहनुहोला । क्लिकमान्डु डटकम हेर्दै गर्नुहोला । लाइक, कमेन्ट, सब्स्क्राइब गर्नुहोला । तपाईंहरुको सुझाव र प्रतिक्रियाले हामीलाई अगाडि बढ्न मद्दत गर्नेछ । शुभदिन । जय होस । नमस्कार ।